प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३
ललितपुर । ललितपुरको खोकनाबासीले राष्ट्रिय गौरवका योजनामा प्राथमिकता दिएजस्तै सो क्रममा प्रभावित हुने समुहको समस्याममा पनि ध्यान दिनुपर्ने भन्दै सरकारसंग मुआब्जा रकम बढाउन माग राखेका छन् ।
राष्ट्रिय गौरवको आयोजना मध्येको काठमाडौँ–तराई जोड्ने द्रुतमार्ग निर्माण हुने भएपछि ललितपुरका खोकनावासी खुसी भएपनि सरकारले आफ्ना समस्यामा चासो नदेखाएको भन्दै अहिले दुख व्यक्त गर्न थालेका छन् ।
निर्माण हुने द्रुतमार्गले खोकना लगायत त्यस आसपासमा पर्ने १४ सय रोपनी क्षेत्रफल, त्यस क्षेत्रको सांस्कृतिक सम्पदा तथा कृषियोग्य भुमिमा पार्ने प्रभावको सही आकलन सरकारबाट नभएपछि स्थानीय चिन्तित बनेका हुन् ।
विभिन्न क्षेत्र हुँदै अघि बढ्ने द्रुतमार्गले सांस्कृतिक पर्वहरु गरिने स्थानलाई असर पुर्याउने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खोकना जनसरोकार समुहका अध्यक्ष रविन्द्र महर्जनले फास्ट ट्रयाक, आउट अफ रिङरोड, बागमति करिडोर लगायत ५ वटा योजना संचालन एकिकृत रुपमा गर्नुपर्ने तथा न्यायोचित मुआब्जा दिनुपर्ने माग खोकना बासीको रहेको बताए ।
द्रुतमार्ग निर्माण हुने कार्यविनायक नगरपालिका अन्तर्गतका खोकना, बुंग्मती, सैबु क्षेत्र भएर निर्माण हुने थाहा पाएपछि हर्षीत भएका स्थानीय सरकारले उचित मुआब्जा नदिएपछि चिन्तित बनेका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij