प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३
रामेछाप । रामेछापका चारजना भुकम्प पीडितले आवास पुर्ननिर्माण अनुदान सहयोगस्वरुप तेस्रो तथा अन्तिम किस्ताको अनुदान रकम पाएका छन् ।
शनिबार रामेछाप रामपुरका ४ जना लाभग्राहीले यो रकम प्राप्त गरेका हुन् ।
रामेछाप रामपुरका भुकम्प पीडितहरुलाई प्राविधिक निरिक्षणपछि तेस्रो तथा अन्तिम किस्ता वापतको रकम हस्तान्तरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा पुर्ननिर्माण कार्यका लागि संचालित भुकम्प प्रतिकार्य कार्यक्रम मार्फत राष्ट्रिय बाणिज्य बैंक रामेछाप शाखाका प्रबन्धक श्याम श्रेष्ठलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजिव थापाले चेक तथा लाभग्राहीहरुलाई संस्थाका तर्फबाट जानकारी सहितको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij