मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बिर्सेर पनि दोस्रो पटक तताउन नहुने यी ८ खानेकुरा, स्वास्थ्यका लागि घातक

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३



  • साधारणतया खानालाई तताएर नै खाने चलन छ । तर यस्ता थुप्रै खाना छन् जसलाई दोस्रो पटक तताएर खानुहुँदैन । यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ ।

    विशेषज्ञको भनाई अनुसार एकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ । क्यान्सर स्पेशलिष्ट डा. एन. गणेशका अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो घातक समस्या पैदा हुन सक्छ ।

    भातः

    भात पकाउँदा बेसिलस सेरियम ब्याक्टेरिया पैदा हुने गर्दछ ।

    के हुन्छ ?

    भातलाई दोस्रो पटक तताउँदा  यसमा हुने ब्याक्टेरियाको संख्या दुई गुणा बढ्ने गर्दछ जसका कारण झाडा लाग्नसक्छ ।

    आलूः

    आलू उसिनेर चिसो हुने क्रममा यसमा बोटुलिज्म ब्याक्टेरिया जम्मा हुन थाल्छ ।

    के हुन्छ?

    दोस्रो पटक तताएर खाँदा उक्त ब्याक्टेरियाको संख्या बढ्छ जसले फुड प्वाइजनिङ हुनसक्छ ।

    चियाः

    यसमा टोनिक एसिड हुन्छ जसले शरिरमा टक्सिन बन्न थाल्छ ।

    के हुन्छ ?

    दोस्रो पटक तताएर पिउँदो एसिडको मात्रा बढ्छ जसले कलेजोमा समस्या निम्त्याउन सक्छ ।

    पालुङ्गोः

    यसमा नाइट्रेट्सको मात्रा अत्यधिक हुन्छ ।

    के हुन्छ ?

    दोस्रो पटक तताएर खाँदा नाइट्रेट कार्सिनोजेनिकमा परिवर्तन हुन्छ जसले टक्सिन पैदा गर्दछ ।

    खाने तेलः

    यसमा एल्डिहाइड्स हुन्छ ।

    के हुन्छ ?

    दोस्रो पटक तताउँदा तेलमा टक्सिन पैदा हुन्छ जसले क्यान्सरको सम्भावना बढ्ने गर्दछ ।

    चिकनः

    यसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ ।

    के हुन्छ ?

    यसलाई दोस्रोपटक तताउँदा प्रोटिनको संरचनामा परिवर्तन आउँछ जसले पाचनमा समस्या निम्त्याउँछ ।

    अण्डाः

    यसमा प्रोटिन र एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ ।

    के हुन्छ ?

    दोस्रो पटक तताएर खाँदा टक्सिन पैदा हुने गर्दछ जसले पाचन क्रियामा गडबडी निम्त्याउँछ ।

    च्याउः

    यसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ ।

    के हुन्छ ?

    दोस्रोपटक तताएर खाँदा प्रोटिनको संरचनामा परिवर्तन आउने गर्दछ । यो खाँदा पाचन क्रियामा गडबडी निम्तिने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij