प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३
डडेलधुरा । डडेलधुरामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
भागेश्वरबाट सदरमुकाम आउँदै गरेको जीप अमरगढमिा दुर्घट्ना हुँदा भागेश्वर– ८ का लक्ष्मण भट्ट, जयानन्द भट्ट, भागेश्वर– ५ का देवाकर पाण्डेय, भागेश्वर– ७ का पदमबहादुर मल्ल र भागेश्वर– ८ का गणेश सार्कीको मृत्यु भएको छ । मल्ल र पाण्डेयको उपचारको क्रममा उपक्षेत्रिय अस्पतालमा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु हुने २ जनाको अझै सनाखत भएको छैन ।

से १ ज ८३३ नम्बरको जीप दिउँसो १२ बजे अमरगढी ३ ठूलोखोला भन्ने स्थानमा दुर्घटनाग्रस्त हुदा घट्नास्थलमै ५ र उपचारका क्रममा २ जनाको ज्यान गएको हो ।
डडेलधुराका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले घाइते सवैको उपचार उपक्षेत्रिय अस्पताल डडेल्धुरामा भइरहेको बताए । उनका अनुसार अस्पतालमा भिमसिंह ठगुन्ना, रामेश्वर भट्ट, किशोर भट्ट, जानकी भट्ट लगायतको उपचार भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij