मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

धरानमा डेंगुबाट ६ जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, साउन ८, २०८०



  • धरान । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

    डेंगी संक्रमणका कारण ३ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

    डेंगी महामारीको रुपमा फैलिदासमेत तीनै तहका सरकारले चासो देखाएका छैनन् । समयमै डेंगी नियन्त्रण नहुँदा धरानमा दैनिक बिरामीको संख्या पनि वृद्धि भएको छ । डेंगीको संक्रमणले धरानमा प्रत्येक घरका सदस्य बिरामी भएका छन् ।

    आइतबार राति धरान २ का एक पुरुष र साेमबार धरान १० का अर्का पुरुषको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताउनुभयो । यस भन्दा अगाडी चारजनाको डेंगुको कारण मुत्यु भइसकेको छ । धरान उपमहानगरपालिकामा ५ हजार भन्दा बढि सर्वसाधारणलाई डेंगी संक्रमण देखा परेको छ ।

    धेरै जसो संक्रमितहरु निको भइसकेका छन् । दैनिक डेंगी संक्रमित हुनेको संख्या पनि २ सय भन्दा बढि रहेको छ । डेंगी संक्रमितहरु धरानको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलहरुमा उपचार गराइरहेका छन् ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस अगाडी कोभिड अस्पताल सञ्चालन गरेको स्थानमा डेंगीको उपचार सेवा सुरु गरेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij