मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

के तपाईं पनि खानुहुन्छ केरा र मेवा ? थाहा पाउनुस् कति विषालु छन् यी

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक हुने देखेर धेरैले फलफूलको सेवन गर्ने गर्छन् तर केमिकलले पकाएका कारण यसले तपाईंलाई फाइदा गर्नुको साटो बिगार्ने काम गर्दछ । तर यदि तपाईं चाहनुहुन्छ भने विषादि र प्राकृतिक रुपमा पाकेको फलमा भिन्नता पाउन सक्नुहुन्छ ।

    फलफूललाई पकाउनका लागि क्याल्सियम कार्बाइड, कार्बेट र एथिलिनजस्ता केमिकलको प्रयोग गरिन्छ । इथिफानेको झोलमा केरा हाल्दा त्यसको बोक्राको प्वाल खुल्ने गर्दछ जसका कारण केरा चाँडै पाक्छ । तर प्वाल खोलिने भएकाले उक्त केमिकल भित्र छिर्दछ । क्याल्सियम कार्बाइड र कार्बेटका कारण मेवा र आँप चाँडै पाक्ने गर्दछ र यसको रङ पनि पहेंलो हुने गर्दछ । यस्तो फल स्वास्थ्यको दृष्टिकोणले हानिकारक र प्राकृतिक स्वादको अभाव हुने  गर्दछ ।

    डा. शम्सका अनुसार क्याल्सियम कार्बाइड, इथिफोन र यससँग मिल्दोजुल्दो केमिकल शरिरका लागि निकै खतरनाक हुन्छ । इथिफोनबाट निस्कने ग्यासबाट आँखा र छालामा जलन, सास फेर्न कठिनाई र रिंगटा लाग्नेजस्ता समस्या निम्तिन सक्छ ।

    केमिकल र ग्यासमार्फत पाकेको केरा, मेवा र आँप पहेंलो देखिन्छ जबकी प्राकृतिक रुपमा पाकेको फलमा हरियो रंग पनि हुन्छ ।

    यस्तै प्रकारले कृत्रिम रुपमा पकाइएको केरामा प्राकृतिक स्वादको कमी हुन्छ । त्यसको भित्रि भाग कडा हुने गर्दछ ।

    केरामा केमिकल छ भन्ने थाहा पाउने सबैभन्दा सजिलो उपाय भनेको २४ घण्टापछि केराको बोक्रा कालो हुन थाल्छ ।

    यसरी पकाइन्छ केराः

    एउटा भाँडोमा एक लिटर पानीमा १० मिलि लिटर जी–पान नामक रसायन मिसाइन्छ । यो केमिकलमा ३९ प्रतिशत इथिफोन र अन्य केमिकल हुने गर्दछ ।

    यसरी पकाइन्छ आँपः

    आँप पकाउनका लागि पनि कार्बेट नामक केमिकलको प्रयोग गरिन्छ ।

    रसाइनले पकाएको फल खाँदा बान्ता आउने, रिंगटा लाग्ने हुने गर्दछ । यसले दीर्घ रुपमा  मृगौला र कलेजोलाई हानी पुर्याउँछ त्यसकारण यी कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

    कार्बाइडले पकाइएको फलबाट क्यान्सर हुनसक्छ । कार्बोट र एसिटिलिन ग्यासले पकाएको फलले पाचन र इम्युनिटी कम हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij