प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३
इलाम । जिल्ला शिक्षा कार्यालय इलामको एक करोड २९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ ।
जिशिअ टङ्कप्रसाद गौतम र स्थानीय विकास अधिकारी ध्रुवबहादुर खडकाले भवनको संयुक्तरूपमा उद्घाटन गरे । भवनमा १४ कोठा रहेका छन् ।
चार वर्षअघिदेखि निर्माण थालिएको भवन विभिन्न कारणले ढिलो सम्पन्न भएको जिशिअ गौतमले बताए । चार रोपनी सरकारी जग्गामा भवन निर्माण गरिएको हो । आफ्नै भवन नहुँदा जिल्ला शिक्षा कार्यालय नारी विकास सङ्घको भवनमा वार्षिक लाखौँ रूपैयाँ भाडा तिरेर बसिरहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij