प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३
कपिलवस्तु । कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
शिवराज नगरपालिका ३, खरेन्द्रपुर छालाफ्याक्ट्रि नजिकै लु २१ प ५३५८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा खिदिम गाविसका १९ वर्षीय महेश सुनारको मृत्यु भएको हो । दुर्घटनामा खिदिम ९ अर्घाखाँचीका २५ वर्षे प्रकाश सुनार घाइते भएका छन् । दुर्घटना गएराती भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij