प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३
कमल खड्का , रसुवा । ड एसिन फाउन्डेशनको आथिक सहयोग तथा द्वोन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम फागुन ५ गते रसुवा जिल्लामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा पासाङ ल्हामु मार्ग अन्तरगतका सड्क खण्डको दायाँबायाँ १५-१५ मितर रोक्का भएकाले भुकम्प पिडितहरुको घरतहरा निर्माणमा देखिएका समस्या समाधान, चिन नेपालसंगको एक मात्र ब्यपारीक नाका(केरुङ नाका)मा मालबाहक र यात्रुबाहाक सवारी साधनले पाससाङ ल्महामु मार्गको सडक खण्डमा यात्रा गर्दा सडकको दुरावस्थाको कारण मोल्नुपरेको जोखिम समस्याको निकास,लाङताङ राष्ट्रिय निकुञ्जमा राति ९बजे पछि सवारी साधन आवतजावतमा परेको समस्याको समाधान लगाएतका समसायिक बिषयबस्तु माथि छलफल गरिएको थियो ।
जिल्ला स्तरिय सम्बद समितिको बैठकमा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको अध्यक्षता यवंम प्रमुख जिल्ला अधिकारीको प्रमुख आतित्थ्यतामा भएको हो । कार्यक्रममा उपस्थित स्थनिय विकास अधिकार, प्रहरी प्रमुख, डिभिजन सडक प्रमुख, बिभिन्न राजनितिक दलका नेता, अधिकारकर्मी लाङताङ राष्ट्रिय निकुञ्जका प्रतिनिधि, पत्रकार बिभिन्न सरकारवाला निकायका प्रमुख तथा प्रतिनिधिलाई समस्याको समाधानमा रचनात्मक भुमिका खल्ने आसा राख्दै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij