शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

घुस काण्डमा सामसङका उपाध्यक्ष पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३



  • घुस काण्डमा सामसङ इलेक्ट्रोनिकसका उपाध्यक्ष लि जे योंगलाई शुक्रबार पक्राउ गरिएको छ । उनीमाथि दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्यून हेईलाई ४० मिलियन डलर घुस दिन कोसिस गरेको आरोप छ । यसो गरेबापत् उनी दुई कम्पनीलाई एउटै बनाउनका लागि आवश्यक मद्दत चाहन्थे ।

    कम्पनीका शीर्ष अधिकारी पक्राउ परेपछि सामसङको सेयरमा गिरावट आएको छ । स्मरण रहोस्, सामसङ स्मार्टफोन र मेमोरी चिप्स बनाउन संसारको चर्चित कम्पनीमा सम्मिलित छ । यता सामसङले बयान जारी गर्दै कम्पनीले कुनै घुस नदिएको र राष्ट्रपतिको मद्दतका लागि नगुहारेको बताएको छ ।

    – मिडिया रिपोर्ट अनुसार सियोल अदालतमा १० घण्टासम्म सुनुवाईपश्चात् योंगलाई पक्राउ गरियो । त्यसपछि ४८ वर्षका योंगसँग सोधपुछ भयो ।

    – योंग देशको निकै धनी परिवारमा जन्मिएका हुन् । पहिले पनि उनीसँग सम्बन्धित विभिन्न विवाद सार्वजनिक भइसकेका छन् ।

    – उनका पिता ली कुन ही सामसङ ग्रुपका अध्यक्ष हुन् । सन् २०१४ मा पिताको हृदयघातपश्चात् योंगले कम्पनीको बागडोर आफ्नो हातमा लिएका छन् ।

    – ग्यालेक्सी नोट सेभेनमा आइरहेको खराबीपछि कम्पनीको प्रतिष्ठामा कमी आइरहेका बेला योंगलाई सजायँ भए सामसङको व्यवसायमा ठूलो असर पर्ने विज्ञहरुको मान्यता छ ।

    – घुस काण्डमा सामसङका एक ठूला अफिसलाई पनि पक्राउ पुर्जा जारी गरिएको थियो । दक्षिण कोरियाको अर्थ व्यवस्थामा सामसङको निकै महत्वपूर्ण भूमिका छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij