प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०८०
आज मिति २०८०/०५/०५ गते मंगलबार तदनुसार २२ अगस्त २०२३ शुद्ध श्रावण शुक्ल पक्ष षष्ठी तिथि राति २२/१५बजे सम्म । आजको नक्षत्र स्वाती राति २८/४१ वजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त एवं ज्यौतिषाचार्य,वास्तुविद् ज्यौतिष परामर्श केन्द्र क्याम्पस चोक, प्रतिक्षालयको दक्षिण तर्फ बिजौरी,दाङ भेटने समय ः– विहान ०६—०९ः३० ९८४७८२२७११,९८४७८३३६२३
मेष(चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । कीर्ति वढने छ । मान प्रतिष्ठा बढ्ने योग छ । अध्ययन तथा अध्यापन क्षेत्रमा सफलता मिल्ने छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आम्दानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) आकस्मिक धन तथा उपहार प्राप्तिको योग छ । यश प्राप्तहुनेछ । मित्रहरुबाट सहयोग प्राप्त हुनेछ । यात्राको अवसर मिल्नेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल भइएला । साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
मिथुन(का,की,कु,घ,ङ,छ,के,को,हा) आर्थिक उन्नति तथा प्रगति हुनेछ । धन आर्जन हुनेछ । मनले चिताएका कामहरु पुराहुने दिन रहेको छ । मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण होला । धन तथा सामान प्राप्त । व्यापार व्यवसायबाट राम्रो आम्दानीहुने छ । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो)काममा बाधाहरु आउने छ । शत्रुले पीडा दिने खालको दिन रहेको छ । आज राम्रो काम गर्न स्वास्थ्यले पनि साथ दिने छैन आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
सिंह(मा,मी,मु,मे,मो,टा,टी,टु,टे)आकस्मिक धनलाभ हुने योग छ । पराक्रम बढने छ । स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्नाले मन प्रसन्न रहने छ । शत्रु पराजित हुनेछन । आज रमाइलो यात्रा हुनेछ । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा समस्या आउनेछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)सभा समारोहमा सहभागि भइएला । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । मन हर्षित रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढनेछ । प्रियजन संग बिछोड, शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)काममा सफलता मिल्नेछ । कीर्ति बढने छ । आफन्तहरु तथा मित्रहरु संग प्रेमील संबन्ध रहने छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । कामहरु बन्दै जानेछन । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)कीर्ति बढने छ । रोकिएका कामहरु पुराहुनेछन् । धनागम हुनेछ । मित्रबाट सहयोग प्राप्त हुनेछ मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)आयआर्जन हुने दिन रहेको छ । पराक्रम बढने छ । परिवारबाट पुर्ण सहयोग प्राप्त हुनेछ । सरकारी काममा भने झमेला हुनसक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा वायुविकार जन्य समस्या आउन सक्छ खानपानमा विशेष सतर्कता अपनाउनु होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)काममा ढिलासुस्ति हुनेछ ।अपमानित हुनुपर्ने दिन रहेको छ । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij