बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कोसीपारी पहिलोपटक जिप पुग्दा स्थानीय भन्छन्, ‘जीवनकै खुसीको दिन आज’

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३



  • सोलुखुम्बु । सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारीका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन् ।

    आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जिप र एउटा ट्र्याक्टर पु¥याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए ।

    केही महिनाअघि सोही दिप्लीघाटबाट पारी गएर डोजरले पावै गाविसमा सडकको ट्र्याक खोलेपछि शुक्रबार पहिलोपटक जिप र ट्र्याक्टर पारी तारिएको हो ।

    दूधकोसीभन्दा पारी रहेका र भौगोलिक रुपका अत्यन्तै विकट जिल्लाका वाकु, पावै, बुङ, छेस्काम, सोताङ र लोखिम गाविसका बासिन्दा सवारी साधन दूधकोसी तरेपछि खुसी भएका हुन् ।

    जिप र ट्र्याक्टर कोसी तार्ने समारोहमा उपस्थित पावैका नीरज राईले आजको दिन कोसीपारीका बासिन्दाका लागि जीवनकै खुसीको दिन भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij