बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पर्खालमा च्यापिएर एक मदजुरको मृत्यु तीन गम्भीर घाइते

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३



  • पर्सा । वीरगन्जको आदर्शनगरमा आज बिहान पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ ।

    वीरगन्ज उपमहानगरपालिका–१३ आदर्शनगर निवासी श्यामबाबुप्रसाद गुप्ताको घरको पर्खाल भत्किँदा त्यसमा च्यापिएर रौतहट रमौलाती गाविस–४ निवासी वर्ष २६ का रामपुरकार सहनीको मृत्यु भएको हो ।

    सो घटनामा रौतहटकै रमौली–४ निवासी उपेन्द्र दास, वडा नम्बर २ निवासी बालेश्वर सहनी र रौतहट मदनपुर–१ निवासी गणेश साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    एसियाली विकास बैंक एडिबीको अनुदानमा वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनाअन्तर्गत वीरगन्जको आर्दशनरमा निर्माण भइरहेको ढल तथा नालाको निर्माण कार्य भइरहेको बेला गुप्ताको घरको पर्खाल भत्किँदा चारै जना मजदुर च्यापिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij