मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अर्घाखाँचीमा एकदिने निशुल्क स्वास्थ्य शिबिर संचालन हुने

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३



  • शिव राज खनाल , अर्घाखाँची । प्रजातन्त्र दिवशको सुअवसर पारि अर्घाखाँचीको अर्घातोषमा एक दिने नि-स्वास्थ्य शिबिर बस्ने भएको छ शिबिर फाल्गुण ७ गते सनिबारको दिन अर्घाखाची जिल्लाको अर्घातोष वार्ड नं ४ हटिया बजारमा रहेको धौलागिरि इंगलिस बोर्डिंङ स्कुलमा हुने बताइएको छ|

    अर्घाखाँची जिल्लाका मरेंङ ,अर्घातोष,भगवती,छात्रगंज,ठुलापोखरा लगाएतका ग्रामिण भेगहरुलाई मध्येनजर गर्दै अर्घातोष हटिया बजारमा जन्मनुभएका हाल गुल्मीको तम्घास निवाशी समाजसेबी ब्याक्तित्व मान बहादुर श्रेष्ठको स-परिवारको आर्थिक सहयोगमा नि-शुल्क स्वास्थ्य शिबिर बस्ने भएको छ।बिर अस्पतालका ख्यातिप्रात बरिष्ठ नशारोग बिशेषज्ञ डा.राजेन्द्र श्रेष्ठ तथा स्त्री रोग बिशेषज्ञ डा.रिका प्रधान आउने शिविरमा नशा सम्बन्धि रोग ,बाथ रोग ,युरिक यसिड ,सुगर ,मुटु रोग ,खान मन नलाग्ने ,हात खुटा कम्मर दुख्ने झमझमाउने ,निद नलाग्ने तर्सने ,आलस्य आउने ,ओछ्यानमा पिसाब फेर्ने ,साथै महिला रोग सम्बन्धि- महिनावारी अनियमित हुने ,पाठ्ठेघर सम्बन्धि तथा महिलाहरुको सम्पूर्ण रोगहरुको निशुल्क चेक जाच गरि बिरामीलाई निशुल्क औषधीको ब्यबस्था गरिएको छ ।

    सिबिरमा मनोपरामर्श सेवा समेत दिइने र सो शिविरमा धेरै भन्दा धेरै बिरामीहरुले स्वास्थ्य जाच गराई मौकाको फाइदा उठाउने आशा गरिएको डा.राजेन्द्र श्रेष्ठले बताउनु भएको छ । स्थानीय समाजसेबी चन्द्रमान श्रेष्ठका अनुसार यस्तो मौका बारम्बार नआउने हुदा पायक पर्ने गाबिसका सम्पूर्ण बिरामीहरुले स्वास्थ्य चेकजाच मौकाको फाइदा उठाई लाभ लिनुहुन समेत आग्रह गर्नुभएको छ साथै टाढा बाट आउने बिरामीहरुले निम्न मोबाइल नम्बर ९८४१७५४७०८ मा फोन गरि नाम टिपाउन सकिने समेत जानाकरी गराउनु भएको छ ।

    शिविरलाई ब्याबस्थित बनाउन अर्घातोष हेल्थ पोष्टको बिशेष सहयोग र त्रिदेब बचत तथा सहकारी ,धौलागिरि बोर्डिंङबाट स्वेमसेबक परिचालन समेत गरिएको समाजसेबी श्रेष्ठले जलजला खबरलाई  जानकारी  दिनुभएको  छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij