प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३
दाङ । पश्चिम दाङमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको प्रहरीले बताएको छ ।
घर पोत्ने माटो लिन गएका पुरन्धारा गाविस ३ हस्तना पुर निबासी ३० बर्षिया मीना वलीको माटो खन्ने क्रममा मोटोको ढिक्सकोले पुरिएर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी नायब निरीक्षक परक नारायण चौंधरीले जानकारी दिए ।
त्यसैगरी घटनामा परि सोही ठाउँ निबासी ३५ बर्षिया भुमिसरा विक गम्घिर घाइते भएकी छन् ।
घाइते विकको राप्तीअंचल अस्पताल तुलसीपुरमा उपचारइ भइरहेको छ । माटो खन्न स्थानिय ७÷८ जना महिलाहरु गएका थिए । वली माटो खन्न भित्र पसेकाले पुरिएर मृत्यु भएको प्रहरीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij