प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३
काठमाडौँ । दुवै मिर्गौला बिग्रिएर श्रीमानको मृत्यु भएपछि आर्थिक पीडा भोग्दै आएकी गुल्मी बलेटक्सार ४ की गीता विकलाई विश्वकर्मा हेल्पिङ्ग हेन्ड्स अराउन्ड द वल्र्ड ‘भाव’ले । सहयोग प्रदान गरेको छ । भावले काठमाडौको अनामनगरका शनिबार एक कार्यक्रमगरी गीतालाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । श्रीमानको मृत्युपछि दुई नावालाक छोरालाई पालनपोषण गर्न र श्रीमानको उपचारमा लागेको ऋण तीर्न समस्या भेगिरहेकी गीतालाई भावले गरेको सहयोगले राहात मिलेको छ । 
बेलायतमा बसोवास गर्ने बिश्वकर्मा समुदायबाट प्रतिनिधित्व गर्ने नेपालीहरुको संगठन भावका संस्थापक कृष्ण गहतराजको सकृयतामा नेपालमा बस्ने गरीव तथा विपन्न परिवारलाई बेला बेलामा आर्थिक सहयोग गरिदै आएको छ ।
कार्यक्रममा सुनसरीकी मिर्गौला पीडित दिपा सिं सुनारलाई ४० हजार रुपैया आर्थिक सहयोग गरिएको थियो ।
गीता र दीपालाई रकम हस्तान्तारण गर्दै एकिकृत नेपाल बिश्वकर्मा समाजका अध्यक्ष तथा समाजसेवी गोपाल बिश्वकर्माले प्राप्त रकम कुनै उद्यमशीलतामा लगानी गर्न सुझव दिए ।
कार्यक्रममा भावका प्रतिनिधि तथा समाजसेवी गोपाल सुनारले आर्थिक अवस्था कमजोर हुने परिवारलाई आर्थिक सहयोग गर्नु स्रहानीय कार्य भएको भन्दै विदेशमा रहेर पनि नेपालीको दुखमा मलमपट्टि लगाउन तत्पर रहने कृष्ण गहतराजप्रति कृतज्ञता व्यक्त गरे ।
त्यस्तै आफुलाई आर्थिक सहयोग गरेर दुखमा केही भए पनि खुसि ल्याईदिएको भन्दै पीडित गीता बि.क. र दिपा सिं सुनारले भाव प्रति कृतज्ञता व्यक्त गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij