प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३
महोत्तरी महोत्तरीको गौशालामा अवस्थित जल्पामाई मन्दिरमा करेन्ट लाग्दा सर्लाही श्रीनगरका ३७ वर्षीय सुशील साहको मृत्यु भएको छ ।
आज बिहान सो मन्दिरको परिसरमा रहेको पिपलको रुखमा चढेर पात काट्ने समयमा उनको ११ हजार भोल्टेजको बिजुलीको तारबाट करेन्ट प्रवाह भई मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij