मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यसो गरौँ आँखाको ज्योति स्वस्थ राख्न

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३



  • सायद, आँखाको ज्योति गुमेकालाई थाहा होला आँखाको महत्व । पाँच सय प्रकारका रंगको छायाँ छुट्याउने क्षमता राख्ने आँखाले एक घन्टामा ३६ हजार बिट्स डाटा लिने चिकित्सकहरू बताउँछन् । आँखामा हुने १० करोड ७० लाख कोषहरूले हरपल आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन् । तर, यति ठूलो काम गर्ने आँखा शरीरका अन्य अंगभन्दा निकै संवेदनशील हुन्छ । सधैँ सक्रिय रहने आँखाले सुत्दा मात्रै आराम पाएको हुन्छ । तर, आँखालाई काम गर्दागर्दै पनि आराम दिने गर्नुपर्छ । आँखाको स्वास्थ्यका लागि यस्ता कुरामा ध्यान दिनुपर्छः

    —आँखाको  स्वास्थ्यका लागि दैनिक पौष्टिक आहारबाहेक थप भिटामिन र स्याहार आवश्यक पर्छ । किनभने, लामो समय काम गरेका आँखा बिस्तारै कमजोर भएर दृष्टि हराउँदै जान्छ । त्यसैले कामको बीचमा आँखाका लागि आराम गर्ने उपयुक्त समय आवश्यक पर्छ ताकि आँखा स्वच्छ राखोस् ।

    —हरियो सागपात, फलफूल (भिटामिन ए, सी, फोलिक एसिड, सेलेमियम र जिंकयुक्त) सेवन गर्नु आँखाको स्वास्थ्यका लागि जरुरी पर्छ । सुन्तला, कागती, गाजर, अंगुर, मेवालगायत फलफूलबाट यी तत्व प्राप्त हुन्छ ।

    —आँखामा असहज महसुस भयो भने चिकित्सकको परामर्श लिन ढिला गर्नु हुँदैन । चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न सकिन्छ । आँखाको स्वास्थ्यका लागि विभिन्न आइड्रप्सहरू पाइन्छन् । न्यू भी रोह्तोका आइड्रप पान्थेनोल (१३ एमजी), पाइरिडोक्सिने हाइड्रोक्लोराइड (भिटामिन बी ५–६ एमजी, ६ एमजी), पोटासियम एल—एस्पार्ताते (१३० एमजी), डिपोटासियम ग्लाइक्रिहिजिनेते (१३ एमजी), क्लोरोफेनिरामिने मलिएते (१.३ एमजी), सोडियम क्लोडोनिथिन सुल्फाते (१३ एमजी), तेत्राहाइड्रोजोलाइन हाइड्रोक्लोराइड (१.३ एमजी)लगायत आइड्रप्स नेपालमा उपलब्ध छन् । आँखाको समस्या पहिचान गरी चिकित्सकको सल्लाहअनुसार आइड्रप्स प्रयोग गर्नुपर्छ ।

    —चहकिलो प्रकाशमा सीधा आँखा पर्ने, कम्प्युटरमा लामो समय बसेर काम गर्नेलगायत व्यक्तिले काम गर्दागर्दै वेला–वेलामा छोटो समय निकालेर आँखालाई आराम दिनुपर्छ । जस्तैः आँखालाई केही टाढा डुलाउने, झिमझिम पार्ने, बन्द गर्ने र खोल्नेजस्ता क्रियाकलाप गर्न सकिन्छ ।

    —आँखालाई स्वस्थ राख्न कार्यस्थलमै सहज तरिकाले व्यायम गर्न सकिन्छ । आँखालाई भित्रै वरिपरि घुमाउनु उत्तम व्यायम हो । खुला नीलो आकाशमा हेर्नु तथा हरियो वातावरणमा आँखा डुलाउनु पनि राम्रो हुन्छ । यस्ता कार्यले आँखालाई आराम मिल्छ ।

    —दैनिक काँक्रोको पेस्ट प्रयोग गर्दा पनि आँखालाई फाइदा गर्छ । आँखाको परेला बन्द गरेर दैनिक १५–२० मिनेट काँक्राको पेस्ट लगाउने गर्दा डार्क सर्कल तथा चाउरीपना हट्दै जान्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij