प्रकाशित मिति : सोमवार, फाल्गुन ९, २०७३

चार जनाको भने सकुशल उद्धार गरिएको छ । पूर्वी चितवनको खैरहनीवाट गोर्खा जाँदै गरेको ना ३ च ७५४३ नम्बरको जीप आज विहान ३ बजे कविलास गाविस– ४ सत्रकिलो भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको हो ।
वेपत्ता भएका गोर्खा टाकु गाविस ६ का ६५ वर्षीय विष्णुमाया गुरुङ र १३ वर्षीय कविन गुरुङको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।
रिजर्भ गरी कोठाको सामानसहित ६ जना चढेको उक्त पिकअप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते चार जनाको चितवनको मेडिकल कलेजमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य छ । प्रहरी चौकी जुगेडी र इलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले घाइतेको उद्धार गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij