शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, कार्तिक ५, २०८०



  • पाल्पा । पाल्पाको रानीमहल तानसेन सडक खण्डको बैकुण्ठे भिर भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।

    दुर्घटनामा गम्भीर घाइत एक जनाको उद्धार गरिएको जिल्ला प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय भने अझै खुल्न सकेको छैन ।

    आइतबार बागमती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटना स्थल निकै ठूलो भिर र खोला परेकोले उद्धारमा कठिनाइ समेत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख शर्माले बताउनुभयो । घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथै स्थानियको सहयोगमा शव निकाल्ने काम भईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij