शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सभापति पाँच पटक प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नुपर्छ : महामन्त्री शर्मा

  • प्रकाशित मिति : शनिबार, मंसिर १६, २०८०



  • कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री शर्माले सभापति देउवा प्रधानमन्त्रीको दौडमा लाग्न नहुने बताए । ‘सभापतिज्यु शालिन र सह्रृदयी हुनुहुन्छ । कमैया, मधेश र एकताकाको विद्यार्थी आन्दोलन उहाँले सफल पार्नुभयो,’ देउवालाई महामन्त्री शर्माले आग्रह गरे, ‘५-५ पटक प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन । अब शालिनता देखाएर समकालीन कोही छ भने जाऊ, नत्र युवाहरू अगाडि बढ भन्नुपर्छ ।’

    त्यस्तै, जनताले बदलिएको कांग्रेस र बदलिएको नेतृत्व हेर्न चाहेको पनि शर्माको भनाइ थियो । कांग्रेस सांसदसमेत रहेका महामन्त्री शर्माले नागरिकले अवस्थामा परिवर्तनको अपेक्षा गरेको धारणा राखेका थिए । उनले गणतन्त्रमा कतिपय कुरा कमजोरी भए पनि जनताको जीवनमा परिवर्तन भइरहेको बताए । ‘देश बनेको छैन, केही भएन भन्नेहरू होसियार,’ उनले भने, ‘भगवान् गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो । अब कांग्रेस कार्यकर्ताहरूले हामीले बनाउने हो भन्ने अभियान चलाउनुपर्छ ।’

    ९ प्रतिशतको घरमा बत्ती बालेको राजाको शासनबाट अहिले ९५ प्रतिशत घरमा बजिुली पुर्‍याएको, विकासका ढोका खुलेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले धेरै काम सम्भव गरेको शर्माको भनाइ थियो ।

    जनताको मानसिकता बुझ्दै अब कांग्रेस पनि बदलिनुपर्ने उनको भनाइ थियो । संगठन र संगठनको शैली बदल्न सभापति देउवा तयार हुनुपर्ने उनको आग्रह थियो ।

    महामन्त्री शर्माले नागरिकले अहिले अवस्थामा परिवर्तन खोजेकाले त्यसको रफ्तार छोपेर कांग्रेस नागरिकमा उत्साह थप्न लाग्नुपर्ने बताए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलले मिसन ८४ को नारा लगाए पनि कांग्रेस चुनाव नभई अहिले देशमा आएको समस्या समाधानको अभियान लिएर अगाडि बढ्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij