शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गाजामा इजरायलको बमबारी जारी

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०८०



  • एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाको भीषण बमबारी जारी छ । गाजापट्टीको उत्तरी क्षेत्र जबालियादेखि दक्षिणी क्षेत्र खान युनिससम्म इजरायली सेनाले बमबारी गर्दा सर्वसाधारण नागरिकको बिचल्ली भएको छ ।

    गाजा पट्टीमा निहत्था नागरिकलाई आश्रय लिन कुनैपनि स्थल सुरक्षित नभएको राष्ट्रसंघले जनाएको छ । पछिल्लो पटक इजरायली सेनाले उत्तरी गाजामा संयुक्त राष्ट्रसंघद्धारा संचालित एउटा विद्यालयमा छापा मारेको छ ।

    त्यहाँ आश्रय लिइरहेका दर्जनौं प्यालेस्टाइनी नागरिकलाई इजरायली सेनाले नियन्त्रणमा लिएको बताइएको छ । ती प्यालेस्टाइनी नागरिकलाई इजरायली सेनाले निर्वस्त्र बनाएर अज्ञात स्थलतर्फ लगेको भिडियो सार्वजनिक भएको छ ।

    गाजापट्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक आज बस्दैछ । बैठकले गाजा क्षेत्रमा मानविय संकट टार्न ठोस निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij