बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पूर्वयुवराज पारसको साथीसहित ९ जनाको यस्तो छ ‘जोगी अवतार

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३



  • काठमाडौं । पूर्वआइजीपी हेमबहादुर सिंहका छोरा प्रबजन औपचारिक रुपमै जोगी भएका छन् ।
    गत माघ १९ गते सरस्वती पूजाको दिन उनीसहित ९ जनाले कान चिरेर समाधि लिएकोमा मंगलबार जोगीको रुपमा बाहिर निस्केका हुन् ।

    राष्ट्रगुरु योगी नरहरिनाथले समाधी लिएको दिनको अबसर पारेर २० दिनको शिव गोरखनाथ दर्शन धारणा साधना पछि सिंहसहित ९ जना औपचारिक रुपमै जोगिको भेषमा बाहिर निस्केका हुन् ।
    जोगी बनेसँगै प्रवजनले आफ्नो नाम योगी ब्याग्र वेदनाथ राखेका छन् । जोगी बनेसँगै योगी ब्याग्र वेदनाथ अब मृतस्थलीमै बस्ने बताइएको छ ।

    केही वर्षयता योगी ब्याग्र वेदनाथले सन्यासी जीवन बिताउँदै आएका थिए ।
    परिवार त्यागेर २०७० साल जेठ ११ गते गुरु योगी शीर्षनाथबाट दिक्षा लिएर सन्यासी जिवन जीउन थालेका उनी पूर्वयूवराज पारस शाहका बाल्यकालदेखि कै साथी समेत हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij