प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३
परासी । सरोकारवालाहरुले लोपोन्मुख समुदायलाई सरकारले संरक्षण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
हिमालदेखि तराईसम्म बसोबास गरेका यो समुदायलाई सरकारले संरक्षण गर्दै तिनीहरुलाई पनि राज्यको पहुँचमा ल्याउन माग गरेका छन् । उनीहरुले लोपोन्मुख समुदायका अधिकांश व्यक्तिहरु शिक्षा र जनचेतनाको अभावकै कारण पिछडिएको भन्दै स्वास्थ्य, शिक्षा र राजनीतिक क्षेत्रमा पहुँच पु¥याउनुपर्ने बताएका छन् ।
नवलपरासीको रामग्राममा भएको कार्यक्रममा राउटे उत्थान प्रतिस्ठानकी केन्द्रीय अध्यक्ष सत्यवति अधिकारी, केन्द्रिय सदस्य मधु पोख्रेल, अन्तरपार्टी महिला सन्जालकी जिल्ला अध्यक्ष विमला अर्याल लगायतले लोपोन्मुख समुदायलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन माग गरेका हुन् । राउटे, मुसहर, डोम, बाँसफोर, पथ्थरकट्टा, कुसवडिया लगायतका जातजातीहरु लोपोन्मुख समुदायमा पर्छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij