बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

संस्थान धान खरिद गर्न असमर्थ

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३



  • वीरगन्ज । व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल खाद्य संस्थान वीरगन्ज शाखा यस वर्ष धान खरिद गर्ने लक्ष्य हासिल गर्न असमर्थ रहेको छ ।

    संस्थानले चालु आवमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा हालसम्म दुई करोड सात लाखको नौ हजार क्विन्टल मात्र खरिद गर्न सकेको छ । संस्थानले तोकेको मूल्यभन्दा गल्ला व्यापारीले बढी मूल्य दिने भएका कारण यस वर्ष लक्ष्य प्राप्त गर्न नसकिएको शाखा प्रमुख पवित्र गौतमले बताए ।

    संस्थानले सोना मन्सुली प्रति क्विन्टल दुई हजार ३०० र जिरा मसिनो धान प्रति क्विन्टल रु दुई हजार ८७५ मूल्य तोकेको थियो । सो मूल्य बजार मूल्यभन्दा करिब १० प्रतिशत कम भएका कारण उत्पादन गरेको धान संस्थानलाई नभइ गल्ला व्यपारीलाई बिक्री गरेको किसान शेषमन पण्डितले बताए ।

    गल्ला व्यापारीले अहिले किसानबाट सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ५०० तथा जिरा मसिनो धान प्रति क्विन्टल तीन हजार एक सयको दरले खरिद गर्दै आएको छ । सरकारले तोकेकोभन्दा बढी मूल्यमा धान खरिद गर्न संस्थान असमर्थ रहेको छ । मूल्य संशोधन गर्ने प्रक्रिया जटिल भएकाले मूल्य बढाउन नसकिएको गौतम बताउँछन् । संस्थानसँग गत वर्षको सोना मन्सुली धान चार हजार क्विन्टल तथा जिरा धान दुई हजार क्विन्टल मौज्दात छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij