प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३
काठमाडौ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थाले स्वर्ण जयन्ती मनाएको छ । पचासौ बर्ष गाँठको अवसरमा संस्थाले रामशाहपथस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष समारोह आयोजना गरी स्वर्ण जयन्ती मनाएको हो ।
विमा संस्थान स्थापनाको पचास बर्ष पुगिसक्दा पनि अझै पनि विमा बजारको विकास हुन सकेको छैन । जनसंख्याको कुल ८ प्रतिशत मानिसले मात्रै विमा गरेको अनुमान गरिएको छ । संस्थानका कामु महाप्रबन्धक प्रमोद भट्टराईले विशेष गरेर देशको आर्थिक स्थितिमाथि नपुगेन्जेल बिमा बजारको विकास हुन नसक्ने बताए ।
बिमा गर्दा कम्पनीलाई फाइदा नभएर व्यक्तिलाई फाइदा पुग्ने भएपनि त्यसबापत तिर्नुपर्ने प्रिमियमको व्यवस्थाका लागि आर्थिक अवस्था मजबुत नभएका कारण पनि बिमा व्यापार उकासिन नसकेको महाप्रवन्धक भट्टराईको भनाई थियो । गाउँका भन्दा शहरका मानिसले बढी विमा गरेको संस्थानको तथ्यांकले देखाउँछ । संस्थानले स्वर्ण जयन्तीको अवसरमा वृक्षरोपण, सरसफाई, रक्तदान, लगायत विभिन्न कार्यक्रम गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij