मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

विदेश जाने खर्चले नेपालमै नयाँ उपकरण किनौँ : डा. भट्टराई

  • प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३



  • काठमाडौं ।  पूर्व–राष्ट्रपति डा.रामवरण यादवको उपचारको विषय पारेर नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ बहस शुरु गरेका छन् । उनले भीभीआइपी र भीआइपीको विदेशमा हुने उपचार खर्च नेपालकै स्वास्थम क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् ।

    मंगलवार विहान ट्वीटरमार्फत भट्टराईले उपचार गर्न विदेश जाने खर्चले देशमै राम्रा उपकरण ल्याए राम्रो हुने बताएका छन् । उनले भनेका छन्, ‘नेपाली विदेशमा उपचार गर्न जाने यहाँ दक्ष डाक्टर नभएर हैन, अत्याधुनिक उपकरण नभएर हो ।’

    एक वर्षको विदेश जाने खर्चले देशमै नयाँ उपकरण भित्र्याएर नेपालमै उपचार गराउन पाए सबैभन्दा राम्रो र महत्वपूर्ण उपलब्धी हुने बताएका हुन् ।

    गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा उपचारको लागि पत्नीको साथ सिंगापुर गएका थिए । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली पनि गत मंगलबार नै उपचारको लागि भन्दै सिंगापुर गएका छन् ।

    यस्तै पूर्वराष्ट्रपति डा. रामरण यादवलाई क्यान्सर देखिएपछि उनी पनि उपचारको लागि अमेरिका जाँदैछन् । उपचारको लागि सरकारले उनलाई पेस्की स्वरुप सरकारले ६० लाख दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij