प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७३
सोलुखुम्बु । सोलुखुम्बुको गुदेल गाविसमा हिमाली खरायो मृत भेटिएको छ । लोपोन्मुख सूचीमा रहेको खरायो जङ्गलमा घाँस काट्ने क्रममा मंगलबार मृत भेटिएको गुदेलको स्थानीय सामुदायिक बनका अध्यक्ष नुरु शेर्पाले बताए ।
खैरो रङ्गको यस प्रकारको खरायो केही वर्षअघि त्यस क्षेत्रमा एक जोडीको सङ्ख्यामा देखिएको स्थानीयवासीले बताएका थिए । हिमाली क्षेत्रमा पाइने यो खरायो विश्वमा लोपोन्मुख सूचीमा राखिएको छ ।
खैरो रङ्गको हिमाली खरायो भेटिएको सम्बन्धमा अध्ययन गर्ने जिल्ला वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij