बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

विवाहबाट नफर्किएका वृद्ध नालीमा मृत भेटिए

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७३



  • दमक । झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ । सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान बिहिबार बिहान बाटोको नालीमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    बुधबार आफन्तको विवाहमा गएका प्रधान घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा आज बिहान घर नजिकै बाटोको छेउमा नालीमा मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

    प्रधानको शव बिहान साढे ५ बजेतिर स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवपरीक्षणका लागि लैजाने तयारी गरिएको र परीक्षणपछि मात्रै घटनाको विषयमा थाहा हुने इलाका प्रहरी कार्यालय दमकका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कोइरालाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij