बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

विपतमा परेर चार सय त्रिचालीसको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७३



  • काठमाडौँ । विगत दश महिनामा विपतमा परेर मुलुकभरी ४ सय ४३ जनाको मृत्यु भएका छन् ।

    महिला कानुन र विकास मञ्चले बिहिबार आयोजना गरेको विपत् व्यवस्थापनसम्बन्धी नीति योजना र कानुनी व्यवस्थामाथि सञ्चारकर्मीसँगको छलफलमा गृह मन्त्रालयका उपसचिव शङ्करहरि अधिकारीले गत वैशाखदेखि माघ मसान्तसम्ममा ४ सय ४३ को मृत्यु भएको जानकारी दिए ।

    उनका अनुसार यसै वर्ष ४७ जना बेपत्ता र ७०३ जना घाइते भएका छन् । तीमध्ये सबैभन्दा बढी पहिरोमा परी १४५ जनाको मृत्यु भएको छ । सबैभन्दा कम एक जनाको हावाहुरीबाट ज्यान गएको छ । पहिरो महामारी, बाढी, हावाहुरी, अविरल वर्षा, लेक लाग्नु जस्ता विपत्का प्रकार रहेका छन् ।

    अधिकारीका अनुसार २०७२ सालको भूकम्प र अन्य कारणले गर्दा नौ हजार २१७ जनाको मृत्यु, २३६ जना हराएका र २२ हजार ६५२ जना घाइते भएका थिए ।

    सोही क्रममा मन्त्रालयको कानुन महाशाखा प्रमुख निर्मला अधिकारीले विपत्सम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन, खुल्ला स्थानको पहिचान र पूर्वतयारीको समेत व्यवस्थापन गर्नका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् ।

    महिला कानुन र विकास मञ्चका अध्यक्ष एवम् अधिवक्ता मीरा ढुङ्गानाले पूर्व तयारी र विपत्को समयमा आइपरेका कठिनाईलाई सामना गर्नका लागि सरकारले विद्यालयस्तरदेखि नै छुट्टै कक्षा र पठनपाठनको व्यवस्थापनमा विशेष जोड दिनुपर्ने आवश्कता औँल्याइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij