प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३
कमल खड्का , रसुवा । सेना दिवसका अवसरमा रसुवाको पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । हिमाली क्षेत्रको जैविक विविधता संरक्षणका लागि यहाँ स्थित नेपाली सेना नारायणदल गणको अगुवाइमा धुन्चे बजार र आसपासका क्षेत्रमा सरसफाइ गरिएको हो ।
सरसफाइबाट दुई टनभन्दा बढी फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सरसफाइ कार्यक्रममा सांसद, प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षक, विद्यार्थी र नागरिक समाजका अगुवालगायतका सहभागिता थियो । पर्यटक आगमन हुने मुख्य समयमा भएको विशेष सरसफाइ कार्यक्रमले वातावरणमा सहजता आएको स्थानीयवासीले बताएका छन् ।
यता नेपाली सेना दिबसको अबसरमा आज नुवाकोटमा रहेको श्रीनाथ दल गण देबिघाटले सरसफाई कार्यक्रम गरेको छ । आज बिहान श्रीनाथ दल गणले नगर सरसफाई कार्यक्रमको आयोजना गरेको गण्पती रोहित गुरुङले बताउनु भयो ।
बट्टार पुरानो बजार, जगदम्बा चलचित्र मन्दिर अगाडी देखि संगम चोक सम्म आज बिहन नेपाली सेनाले सरसफाई गरेको छ । मुलुकको प्रमुख सुरक्षा अङगको रुपमा रहेको नेपाली सेनाले दिबसको अबसर पारेर समुदाय सरसफाई रक्तदान लगायत जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । नेपाली सेना श्रीनाथ दल गणले नुवाकोटको सम्पुर्ण सुरक्षा ब्यबस्थापन गर्दै आएको छ ।
श्रीनाथ गणको स्थापना समेत नुवाकोटमा नै भएको थियो । पुर्ब कालमा राजा पृथ्बि नारायण शाहले नेपाल एकिकरणको क्रममा सबै भन्दा पहिला श्रीनाथ दल गणको नुवाकोटमा नै स्थापना गरेर एकिकरण अभियान सञ्चालन गर्नु भएको थियो ।
नेपाली सेना दिबसको अबसरमा मुलुककै सबै भन्दा पुरानो गणको रुपमा रहेको श्रीनाथ दल गण हाल नुवाकोटमा नै रहेको छ । नेपाली सेना श्रीनाथ दल गणको मुख्य ब्यारेक देबिघाटमा रहेको छ । यस गणले नुवाकोटको त्रिशुली जलबिद्युत केन्द्र, देबिघाट जलबिद्युत केन्द्र, मैथली ब्यारेक तालिम केन्द्र, त्रिशुली जलबिद्युतको हेडगेट लगायतका क्षेत्रहरुमा नेपाली सेनाले सुरक्षा प्रदान गर्दै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij