बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कहिले हँसाउने, कहिले रुवाउने, किन होला गाँजाले यस्तो बनाउने ?

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३



  • काठमाडौं । मान्छेको दिमागमा दुई किसिमका रसायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (सिथिल) गर्ने । हामीले खाएका कुरा पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ । अनि खाएको चिजअनुसार दिमागका दुई रसायनिक तत्वले प्रभाव पैदा गर्दछ ।

    भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने उत्तेजित हुन्छ । डिप्रिसेन्ट बढी भयो भने शिथिल बनाउँछ ।

    मस्तिष्कमा क्यानाविनोइड भन्ने रसायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग अलग क्यानाविनोइड पाइन्छन् । गाँजा सेवनपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाको धेरै रसायनमध्ये टेट्राहाइड्रोक्यानाविनोइड (टिएचसी) को भूमिका हँसाउन र रुवाउनमा बढी हुन्छ ।

    यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ । यस्तो बेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । जस्तै हाँस्यो भने हाँसेको हाँस्यै गर्ने र रोयो भने रोएको रोयै गर्ने आदि ।

    गाँजा भाङ धतुरो तीनै चिज सेवन गरेको सुरुवाती समयमा आनन्द पैदा गर्छ । केही बेरपछि फरक फरक असर देखाउन थाल्छ । त्यसैले यस्ता लागू औषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij