मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मोटोपनाको काल हो जिरा र कागतीको यो प्रयोग

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • जो मानिसहरु मोटोपनाबाट छुटकारा पाउन चाहनुहुन्छ र त्यसको लागि विभिन्न तरिका अपनाएर थाकिसक्नु भएको छ भने आज हामी तपाईंलाई मोटोपनाबाट छुटकारा पाउने अचुक उपायबारे जानकारी दिदै छौं । निकै साधारणजस्तो देखिने यो प्रयोग अपनाएको थोरै दिनभित्रै तपार्ईले नतिजा देख्नसक्नुहुन्छ । सबैभन्दा ठूलो कुरा त के छ भने यो तरिका निकै सजिलो छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

    यो हो तरिकाः
    दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस् ।

    कसरी गर्छ काम ?
    जिराले हाम्रो शरिरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन । तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ ।

    सावधान! यसो नगर्नुहोस्ः
    यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न । बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस् ।

    ना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस् । खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस् । राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस् । दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस् । खाना खाँदा चिसो पानी नपिउनुहोस् ।

    यी कुराहरु ध्यानमा राख्नुहोस्ः
    मैदाले बनेको खानेकुराहरु खादै नखानुहोस् । गुलियो र चीनि मोटोपनाको लागि निकै घातक हुन्छ । फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस् । यसले शरिरलाई फाइबर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन ।

    यदि छिटो नतिजा पाउन चाहनुहुन्छ भने माथि भनिएका कुरा सँगै केही व्यायाम पनि गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij