प्रकाशित मिति : बिहिबार, चैत्र १, २०८०
काठमाडौं । आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघसंस्थाहरुले विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरि यो दिवस मनाउँदैछन् ।
यस अवसरमा आज मैत्रीपूर्ण फुटबल, मिर्गौला पदयात्रा, र मिर्गौला दिवसको सम्बन्धमा अन्तरक्रिया कार्यक्रमहरु पनि हुँदैछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij