शुक्रबार, अशोज २३, २०८३ | Friday 9th October 2026

मधेश प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

  • प्रकाशित मिति : बिहिबार, चैत्र २९, २०८०



  • बिनिता शर्मा,काठमाडौ। मधेश प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच एक दिवसीय मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको हो ।

    नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लामिछानेले समस्याको पहिचान भएपछि समाधानको उपाय निस्कने उल्लेख गर्दै उपलब्ध साधनस्रोतमा टेकेर गर्न सक्ने काम गरेका छौं वा छैनौं
    मनन गरी संगठनको मर्यादा कायम राखेर काम गर्न निर्देशन दिनुभयो । कानुन कार्यान्वयनमा समन्वय गर्दै तोकिएको जिम्मेवारी पूर्ण रूपमा पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको व्यवस्थापन गरिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन गर्ने र निगरानीमा राख्ने लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

    मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले मधेस प्रदेशमा सुरक्षा गोष्ठी गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिँदै यसबाट समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ हुने विचार व्यक्त गर्नुभयो ।

    उक्त अवसरमा मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, अर्थ
    सचिव कृष्णहरि पुस्कर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका
    प्रमुख कार्यकारी अधिकृत लगायतले आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।

    गोष्ठीमा प्रहरी महानिरीक्षक IGP बसन्त बहादुर कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा गुणात्मक परिणाम दिने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्न प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।

    सो अवसरमा सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेम ध्वज अधिकारी, गृह मन्त्रालयका सह-सचिव राजेन्द्र देव पाण्डे र श्री नारायण प्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । गोष्ठीमा मधेस प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।

    गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा मधेस प्रदेश अन्तर्गत आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुखहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ५६ थान मोबाइलसहित २ जना प क्रा उ
    सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोल सहित पक्राउ
    २४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १२१ जना घाइते
    नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो, चाँदी भने महँगियो
    २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ
    रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै बेपत्ता
    विदेशी मुद्राको विनिमयदर कति ?
    देशका विभिन्न भू-भागमा वायुको दोहोरो प्रभाव: कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना
    राष्ट्र बैंकद्वारा ३० करोड थान २ रुपैयाँका सिक्का टकमारीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
    सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Comment retrouver chez soi les saveurs d'un bon restaurant ou d'un café ? Quelques recettes simples permettent de s'en approcher, et le sujet mérite d'être approfondi. Le petit détail pour des vareniki séparés Le café refroidit vite sur le bureau, et cette envie de mieux manger mérite une suite simple. Quelques recettes de bistrot, faciles à adapter, transforment les repas ordinaires en pauses gourmandes, sans compliquer la journée.