बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

भुकम्पले रामेछापमा एक बालक घाईते

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १६, २०७३



  • रामेछाप । रामेछाप केन्द्रविन्दु भएर सोमवार लागातार दुईवटा पराकम्प जाँदा भाग्ने क्रममा रामेछाप मन्थलीका एक बालक घाइते भएका छन् । उक्त पराकम्पमा मन्थलीस्थित लिटिलस्टार बोर्डिङका बिद्यार्थी साहिल कटुवाल भाग्ने क्रममा लडेर गम्भीर घाइते भएका हुन् ।

    बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प गएको हो । उक्त भूकम्प पछि घर बाहिर निस्केका सर्वसाधारण केही क्षणपछि आ–आफ्नो काममा फर्केपछि फेरी भूकम्प गएको थियो । पहिलो ४ दशमलव ६ र दोस्रो ४ दशमलव ७ रेक्टर स्केलको थियो । दुवै पटकको पराकम्पको केन्द्रबिन्दु सदरमुकाम मन्थलीबाट पुर्वतर्फ ५ किलोमिटर टाढा सुनारपानीको कार्कीटारमा थियो ।

    अहिलेसम्म ४७९ वटा पराकम्प अमापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार म्याग्निच्युडभन्दा माथिको पराकम्प मात्र केन्द्रले मापन गर्दछ । रामेछापमा विगतको भूकम्पबाट चर्किएका पुराना संरचनाहरुमा केही क्षति भएको छ । कच्चि घरहरु अरु चर्किएका छन् ।

    सोमबार बिदाको दिन भएकोेले अधिकांश मानिसहरु घर भित्र थिए । लगातार भुकम्प आएपछि मानिसहरु त्रसित मुद्रमा धर बाहिर निस्कीएका थिए । भूकम्पका दुई कम्पन पछि पनि अरु दुईवटा साना कम्पन गएका छन् ।

    परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो । यो २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij