प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७३
कपिलबस्तु । कपिलबस्तुको डुमरा गाबिसको डुमरा चौराहामा मोटरसाइकलको ठक्करबाट १ जना साइकलयात्रीको मृत्यु भएको छ । घटनामा अन्य २ जना घाइते भएका छन् । तौलिहवाबाट भैरहवा जांदै गरेको लु ८ प ६१८६ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउदै गरेका अन्दाजी ४० बर्षिय पुरुषलाइ सोमबार सांझ साढे ७ बजेतिर ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो । मृतकको नाम, ठेगाना खुल्न नसकेको अस्पतालले बताएको छ । मोटरसाइकलमा सवार पकडि गाबिस ३ बर्रोहियाका मनोज हरिजन र राहुल ठाकुर घाइते भएका छन भने घाइते मध्ये मनोज हरिजनको अवस्था गम्भिर रहेको छ । उनको थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रिफर गरीएको अस्पतालले जनाएको छ । अर्का घाइते राहुल ठाकुरको स्थानीय सेफा हेल्थ सेन्टर पकडिमा उपचार भैरहेको छ ।
ठक्कर दिने मोटरसाइकललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पकडीले जानकारी गराएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij