प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७३
बझाङ । जिल्ला स्वास्थ्य कार्यालय बझाङ र ठेकेदारको लापर्बाहीले सम्झौता विपरीत म्याद गएको औषधिको टेन्डर गरेर औषधि ल्याएको अस्पताल विकास समितिका सदस्य लोकेन्द्रसिंह धामीले बताएका छन् ।
नवनिर्वाचित अस्पताल विकास समितिले जिल्ला स्वास्थ्य कार्यालय माथि औषधि खरिद गर्दा शङ्का लागेपछि जिल्ला अस्पताल बझाङको स्टोरमा औषधिको अनुगमन गर्दा सम्झौता अनुसार औषधि नल्याई मनोमानी ढङ्गबाट १८ महिनासम्म मिति भएको औषधि खरिद गरेर ल्याउनुको साटो तीन महिना मात्र म्याद भएको औषधि टेन्डर गरेर ल्याएको अस्पताल विकास समितिका अध्यक्ष जगतबहादुर सिंहले बताएका छन् ।
उहाँले भन्नुभयो २०७३ साल ८ महिना ३ गते टेन्डर गरेर ३५ लाखको औषधि खरिदको ठेक्का ड्रग सेन्टर धनगढीका प्रोपाइटर हेमन्तकुमार बस्नेतले पाएका थिए ।
नवनिर्वाचित अस्पताल विकास समितिले औषधि खरिद माथि शङ्का लाग्दा छड्के अनुगमन गर्दा जिल्ला स्वास्थ्य कार्यालय र ड्रग सेन्टर धनगढीबीच १८ महिना म्याद भएको औषधि खरिद गरेर ल्याउनुको साटो जिल्ला स्वास्थ्य कार्यालयकै मिलोमतोमा तीन महिनादेखि पाँच महिना म्याद भएको औषधि जिल्लामा भित्र्याउनुमा ठूलो पैसाको चलखेल भएको अध्यक्ष सिंहले बताए ।
औषधिको बाहिरी कभरको मिति र भित्री औषधिमा राखेको मिति पनि फरकफरक हालेर प्याकिङ गरेको अनुगमन गर्दा भेटिएको छ । औषधि खरिदमा ठेकेदार र डाक्टरको मिलोमतोमा म्याद जान लागेको र म्याद गुजे्रको औषधि जिल्ला स्वास्थ्य कार्यालयमै भेटिँदा कति चलखेल भएको हो भन्ने स्पष्टै रहेको छ ।
जिल्लामा ४७ वटा स्वास्थ्य चौकी र १० वटा सेवा केन्द्र रहेका छन्, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीकै लापर्बाहीले विकट गाउँका हजाराँै जनता औषधिको पहँुचबाट टाढा बसिरहेका छन् ।
जिल्ला अस्पताल जस्तो संवेदनशील कार्यालयमा त यति ठूलो अनियमितता हँुदै आएको छ भने अन्य कार्यालयको अवस्था सहजै थाहा पाउन सकिन्छ । जिल्लाका सरोकारवाला निकायले भने अनुगमन गरे जस्तो गरेर खासै यसमा ध्यान नदिएको जनगुनासो रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij