शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

शिक्षिकाको विषयमा मेयर र वडाध्यक्षबीच हानाहान भएपछि…

  • प्रकाशित मिति : बुधबार, साउन ३०, २०८१



  • काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एक शिक्षिकाको विषयलाई लिएर नगर प्रमुख र वडा अध्यक्षबीच ‘हानाहान’ भएको छ । मंगलबार जितपुरसिमरा उपमहानगरपालिका-२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र नगर प्रमुख राजन पौडेलबीच विवाद चर्किएर हात हालाहालको अवस्थामा पुगेको हो ।

    सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सीता अधिकारीलाई नगर प्रमुख पौडेलले हाजिर गराउन विवाद भएको थियो । नगर प्रमुख पौडेलले वडा नम्बर-२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर-७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरे । यस्तै फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सीता अधिकारीको सरुवा गरी वडा-२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाए ।

    नगर प्रमुख पौडेलले गरेको शिक्षक हेरफेरको निर्णयमा वडाध्यक्ष श्रेष्ठको चित्त बुझेन । उनले विरोध गरे । उनले आफूसँग सल्लाह समेत नगरी शिक्षक सरुवा गरेको भन्दै निर्णय नमान्ने बताएका थिए । विवादपछि नगर प्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर नगराई फर्केका छन् । नगर प्रमुख र वडा अध्यक्षबीचको उक्त विवादको दृश्य अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij