प्रकाशित मिति : शनिबार, फाल्गुन २१, २०७३
ओखलढुंगा । ओखलढुंगाको कटुन्जेमा शनिबर बिहान आगलागी हुदाँ ५ घर जलेर नष्ट भएको छ ।
आगलागीमा परी कटुन्जे ८ बाबियाका युवराज कटुवाल,गणेश बहादुर कटुवाल, मान बहादुर कटुवाल, रमेश कटुवाल र यज्ञ बहादुर कटुवालको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
बिहान १० बजेबाट सुरु भएको लागलागी प्रहरी र स्थानियको सहयोगमा झन्डै आठ घण्टापछि नियन्त्रणमा आएको छ ।
आगो तिब्र गतीमा चलेको हावाहुरीका कारण नियन्त्रणमा लीन कठिनाई भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी नायब निरिक्षक टिका बहादुर कार्कीले बताए ।
आगलागीको कारण र क्षतिको बिबरण भने आउन बाँकि रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij