प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३
काठमाडौं । थाइल्याण्डको समितिभेज अस्पतालमा माओवादी केन्द्रका नेता वर्षमान पुनको डिस्चार्ज भएको छ ।
स्वास्थ्यमा सुधार आएसँगै उनको डिस्चार्ज भएको उनको पुनको पत्नी समेत रहेकी सभामुख ओनसरी घर्तीले ट्वीटरमार्फत जानकारी दिएकी छिन् ।
ग्राण्डीमा उपचाररत उनको स्वास्थ्यमा सुधार नआएपछि गत साता थाइल्याड लगिएको थियो ।
जण्डिस बिग्रिएपछि गत वर्षपनि उनको सोहि अस्पतालमा उपचार भएको थियो ।
यसैबीच पुन फागुन २६ गते नेपाल फर्किने भएका छन् । केहि दिन फलोअपमा रहनु पर्ने भएकाले डिस्चार्जपछि पनि २६ गते सम्म पुन थाइल्याण्डमा बस्ने भएका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij