बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सफल बन्दै सेतो डङ्गुर गिद्ध संरक्षणको प्रयास

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३



  • चितवन । सङ्कटापन्न अवस्थामा रहेको सेतो डङ्गुर गिद्ध संरक्षणको प्रयास सफल बन्दै गएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जभित्र सन् २००७ देखि प्रजनन केन्द्र स्थापना गरी सङ्ख्या बढाउन प्रयास हुँदै आएको छ । यसअघि गत वर्ष प्रजनन केन्द्रमा एउटा बच्चा कोरलिएको पनि बचेको थिएन भने यस वर्षको जनवरीयता नौ बच्चा कोरलिएको हो । दुई वर्षअघि एउटा बच्चा हुर्किएको थियो ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हाल प्रजनन केन्द्रमा २५ भाले र ३१ पोथी गिद्ध छन् । यस वर्ष १५ पोथीले फुल पारे पनि नौ बच्चा मात्र कोरलिएको छ । प्रजनन केन्द्रका चार खोरमा गिद्ध राखिएको छ । दुई खोर बच्चा कोरल्न र अन्य दुई खोर बच्चा नकोरल्ने गिद्धलाई राखिएको छ । सुरुआतमा देशका विभिन्न क्षेत्रबाट गिद्धका बच्चा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याइएको खड्काले बताए।

    प्रजनन केन्द्रमा फुल नपारेका ११ पोथी गिद्धका जोडीमध्ये छ जोडीलाई नवलपरासीको नमुना सामुदायिक वनमा रहेको जटायु रेस्टुरेन्टमा छाड्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले हाल नौ बच्चा जन्मनु महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताए ।

    यहाँका छ जोडी र जटायु रेस्टुरेन्टका छ जोडीलाई ‘ट्याग’ लगाएर छाड्ने तयारी गरिएको छ । कमजोर र फुल नपारेका ती गिद्धलाई नियमित अनुगमन गरिने छ । गिद्धको सामान्य आयु ४० वर्ष हुन्छ । निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घको सक्रियतामा कसरामा गिद्धको सङ्ख्या बढाउने उद्देश्यले प्रजनन केन्द्र सञ्चालन हुँदै आएको छ ।

    केन्द्रमा रहेका गिद्धलाई राँगाको मासु खुवाउने गरिन्छ । खड्काका अनुसार एउटा गिद्धलाई एक महिनामा दुई पटक गरेर सरदर ३० किलो मासु खुवाउने गरिन्छ । यो हिसाबले केन्द्रमा रहेका ५६ गिद्धलाई मासिक एक क्विन्टल छ सय ८० किलो मासु खुवाइँदै आएको छ । गिद्धका लागि एक भेटनरी चिकित्सक र तीन हेरालु राखिएको छ ।

    गिद्ध संरक्षणका लागि दातासँग मिलेर सरकारले ठूलो रकम खर्च गर्दै आएको छ । हाल बच्चा कोरलेसँगै यसलाई सफलताका रुपमा विज्ञले लिएका छन् । खड्काले भारतमा पनि संरक्षण गरिएको तर यति ठूलो सफलता नमिलेको जिकिर गरे ।

    चरामध्ये गिद्ध अनौठो प्रजातिमा पर्छ । बच्चा कोरलेपछि पोथीले फुल पार्न चार वर्ष कुर्नुपर्छ । यसले वर्षमा एक पटक मात्रै फुल पार्छ । नेपाल बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिंडारीले विश्वबाटै लोप हुन लागेको गिद्धका नौ बच्चा कोरल्नुलाई निकै सफलताका रुपमा लिइएको बताए । “संरक्षण गर्न नसकिएमा यो जातिको गिद्ध केही वर्षमै विश्वबाट लोप हुनेछ, यो उपलब्धि नेपालका लागि मात्रै नभएर विश्वका लागि नै हो ”, बिंडारीले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij