शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, अशोज ३, २०८१



  • दाङ/दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १८ नवलपुर बस्ने मोटरसाइकल चालक २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकलमा पछाडि सवार घोराही उपमहानगरपालिका ४ का २१ वर्षीय बिनोद केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    प्रहरीका अनुसार बिहीबार बिहान करिब सवा ७ बजेतिर लमहि नगरपालिका ६ बेलदमारमा मोटरसाइकल दुर्घटना भएको थियो । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरु गम्भिर घाइते भएका थिए ।

    उनीहरु दुबै अचेत रहेको र उद्धार गरि उपचारको लागि लमही अस्पताल पठाएको र उपचारको क्रममा बिहान करिब ९ बजेतिर डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथमा फेला परेका कागजात र परिचय पत्रका आधारमा प्रहरीले उनीहरूको पहिचान गरिएको जानकारी दिएको छ ।
    मिति २०८१।०६।०३ गते लमही सवारी दुर्घटना

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij