प्रकाशित मिति : मङ्लबार, फाल्गुन २४, २०७३
काठमाडौ । हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सवको अवसरमा काठमाडौमा महोत्सव आयोजना गरिएको छ ।
फागुन २३ बाट सुरु भएको महोत्सवमा विश्वभरका पवित्र ग्यालवाङ ड्रुक्पाका अनुयायीहरुको टोली सहभागि भएको छ । डुक्पाको जन्मोत्सव मनाउन नेपाल र भारतभरका धर्मगुरु तथा अमेरिकाका अधिकारीहरु समेत संयुक्तरु पमा गत फागुन २२ गते काठमाडौं आइपुगेका थिए ।
फागनु २५ गतेसम्म मनाइने डुक्पाको जन्मोत्सवका क्रममा प्रमुख अतिथि द आर्ट अफ लिभिंगका संस्थापक रवि शंकरले हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको शान्ति स्थापना तथा सेवाप्रतिको लगावको सह्रना गरेका छन् ।
यसका साथै, अल इण्डिया अर्गनाइजेसन अफ इमाम्स अफ मस्कसका प्रमुख इमाम डा. इमाम उमर अहमद इलयासी, प्रशिद्ध जैन आध्यात्मिक गुरु हिज होलीनेस आचार्यडा. लोकेश मुनी, तथा महाबोधी अन्तर्राष्ट्रिय ध्यानकेन्द्रका संस्थापक तथा अध्यक्ष भिक्षु सङ्गसेनाले हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन काठमाडौं आएका छन् ।
कार्यक्रमको अवसरमा, हिज होलीनेस ग्यालवाङ ड्रुक्पाले अमेरिकी कंग्रेसकी प्रतिनिधि क्यारेलिन मालोनी (डि–एनवाई) न्यूयोर्कका १२ औं डिस्ट्रिक्टका लागि अमेरिकी कंग्रेस उमनका साथमा प्रस्तुती दिएका थिए ।
ग्यालवाङ ड्रुक्पालाई विश्व प्रसिद्ध मानवीयतावादी, वातावरणवादी तथा लैगिक समानताका लागि बिजेताजस्ता उपाधीबाट उनको संकल्पमा समर्पित गरिएको थियो ।
त्यसैगरी वि.सं.२०७२ मा नेपालमा गएको महाभूकम्पको समयमा हजारौंलाई राहत सेवा प्रदान गरेकोमा प्रशंसा गरिएको थियो । डुक्पाले वान मिलियन ट्रिज प्रोजेक्टमार्फत भूक्षय नियन्त्रण तथा स्वच्छ हावाका लागि सहयोग प्रदान गरेको तथा हिमालय क्षेत्रसहित विश्वभर शक्ति, शिक्षा, सूरक्षा, तथा बालिकाहरु तथा महिलाहरुलाई अभिप्रेरित गरेकोमा सम्मान व्यक्त गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij