मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तौल बढाउनका लागि यसरी खानुहोस केरा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०८१



  • एक स्वस्थ र फिट शरीर सबैको चाहना हुन्छ । तर कतिपय अवस्थामा जे खाँदा पनि शरीर नलाग्ने समस्या हुन्छ । आवश्यकभन्दा धेरै दुब्लो शरीर पनि राम्रो र आकर्षक देखिँदैन । त्यसैले सही तौल हुन आवश्यक छ ।

    यदि तपाईं एकदमै दुब्लो हुनुहुन्छ र रफ्तारमा तौल बढाउन चाहनुहुन्छ भने नास्तामा केरा समावेश गर्नुपर्ने हुन्छ । यसलाई दुधसँग खाने गरेमा मेटाबोलिक रेट एकदमै धेरै हुन्छ र तौल बढ्न मद्दत मिल्दछ ।

    दही र केरा

    यसले तपाईंको मेटाबोलिक रेट बढाउँछ र तपाईंको खाना खाने र पचाउने तरिकालाई बढाउँछ । त्यसैले यी दुवैचीज सँगै खानु एकदमै फाइदाजनक हुन्छ ।

    बदाम र केरा

    यी दुवै चीज सँगै स्मुदी बनाएर खान सक्नुहुन्छ । यसलाई तपाईं खानाको समयमा पिउन पनि सक्नुहुन्छ । यो प्रोटिनले भरपूर हुन्छ । बदाममा ओमेगा–३ पनि पाइन्छ ।

    व्यायाम पछि खाने

    स्वस्थ तरिकाले तौल बढाउनका लागि केरा खाने समय बिहान वा व्यायाम गरिसकेपछि राम्रो मानिन्छ । यसले मांसपेशीको विकासमा सहयोग पुग्छ ।

    आँप र केरा

    आँप र केरा दुवैमा प्रसस्त्र क्यालोरी पाइन्छ जसले गर्दा तपाईंको तौल रफ्तारमा बढ्नेछ । यसलाई स्मुदी बनाएर पिउन सक्नुहुन्छ ।

    केरा र ड्राई फ्रुट

    केरासँग ड्राई फ्रुट जस्तै काजु, बदाम, ओखर आदि मिसाएर स्मुदी बनाएर पिउन सकिन्छ । बिहानको नास्तामा यसलाई पनि समावेश गर्न सक्नुहुन्छ ।

    यसरी तपाईं पनि केरा खाएर आफ्नो तौल बढाउन सक्नुहुन्छ। केरासँग फरक फरक चिज मिसाएर हरेक दिन फरक तरिकाले खान सक्नुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij