प्रकाशित मिति : बुधबार, फाल्गुन २५, २०७३
इटहरी । पर्यटकीय क्षेत्र तालतलैया क्षेत्रका राखीएको चराचुरुङ्गीमा वर्डफ्यु भेटिएको छ । तालतलैयाको चिडिया घरमा राखिएका पंक्षिमा वर्डफ्लु भेटिए सगै विशेष सर्तकताको साथ त्यस क्षेत्रमा पर्यकटहरुलाई समेत प्रवेशमा निशेष लगाईएको छ ।

गत १९ गते देखि चिडियाघरमा पालेको चराचुरुङ्गी मर्ने थाले पछि पंक्षी परिक्षणको लागी क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रिय प्रयोगशालामा मरेको पंक्षिको परिक्षणबाट वर्डफ्लु प्रमाणीत भएको हो ।
केन्द्रीय पशुरोग अन्वेशन प्रयोगशालालेले वर्डफ्युको पुष्टि गरेको जिल्ला पशु कार्यलय सुनसरीका प्रमुख शिवनारायण महतोले वताए । उनले तालतलैया क्षेत्रका चराहरुमा उच्च वर्डफ्यु भेटिएको पुष्टि गरेका छन ।
मानिसमा रोग सर्ने सक्ने भन्दै चियाघर बन्द गरिएको छ । मरेका पंक्षिलाई सुरिक्षत रुपमा गाड्ने काम भइरहेको पशु कार्यलय सुनसरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij