प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३
कुवेत । कुवेतमा एक नेपाली युवाको कार्यस्थलमै ज्यान गएको छ । महोत्तरी जिल्ला घर भएका ३० बर्षिय नौसाद शेखको गत सोमबार करिब २ बजे मृत्यु भएको हो ।

कार्यस्थलमै अचानक ढलेका उनको घटनास्थलमै ज्यान गएको हो । हिस्को कम्पनीमार्फत कुवेत पेट्रोलियम कम्पनी (केओसी) मा टि व्वाईको रुपमा कार्यरत शेखको शव फर्वा्निया अस्पतालमा राखिएको छ ।
पासपोर्ट नम्बर ०६३९३५६१ रहेका शेखको शव नेपाल पठाउने पहल भैरहेको नेपाली दूतावास कुवेतका द्दितीय सचिव भोगेन्द्र लिङदेनले जानकारी दिए । शेख १९ महिना पहिले कुवेत आएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij