प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३
५० शैयाको अस्पतालमा के के सुविधा होलान् ? तपाई सोचनुहोला अस्पतालमा हुनुपर्ने सामान्य सुविधा पक्कै हुुनुपर्छ । तर, सरकारले पचास शैया घोषणा गरेर सुविधा सम्पन्न बनाएको गोरखा अस्पतालको् हकमा तपाईको अनुमान गलत हुन जान्छ ।
यो अस्पतालमा एउटा कुर्ची समेत नभएको पाइएको छ ।
सम्बाददाता अस्पताल पुग्दा विरामीलाई रगत दिन आएका सहयोगीहरु काठको बेञ्चमा बसेर रगत दिईरहेका थिए । अस्पतालमा ब्लड डोनेसन चियर अभावमा उनीहरु कष्टपुर्ण ढंगले रगत दिइरहेका देखिन्थे ।
वि.सं. २०६६ साल भदौ १९ गतेबाट यहाँ आस्मिक रक्त सञ्चार केन्द्रको स्थापना भएको थियो । त्यसयता अस्पतालमा डोनेसन चियर अहिलेसम्म राखिएको छैन ।
यहाँबाट हालसम्म ४५४ पिन्ट रगत संकलन भएर त्यति नै मानिसहरुले सेवा लिएका छन् । जिल्ला बाहिर १६ पिन्ट रगत पठाइएको छ, भने जिल्ला बाहिरबाट ५ पिन्ट झिकाउनु परेको गोरखा अस्पताल रक्तसञ्चार केन्द्रले जनाएको छ । धेरै पिन्ट रगत दिनुपर्ने विरामीलाई रिफर गर्नुको विकल्प नभएको अस्पतालका डाक्टरहरुले बताएका छन् ।
नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले ब्लड व्याग, किट, टेष्ट किट उपलब्ध गराउँदै आएको छ । रगत आवश्यकता परेमा सूचिमा भएका समूह मिल्ने मानिसहरुलाई बोलाउने र विरामीलाई रगत दिने गरिएको केन्द्रका प्रमुख चिज कुमार श्रेष्ठले बताए । अस्पतालमा रगत राख्ने विषेश प्रकारको अलग्गै फ्रिज नहुँदा थप समस्या परेको छ भने केन्द्रका लागि कर्मचारी समेत अभाव छ ।
अस्पतालका कर्मचारीले नै सामान्य तालिमका आधारमा केन्द्र सञ्चालन गर्दै आईरहेका छन् । फ्रिज नहुँदा नेगेटिभ ग्रुपको रगत र अन्य समुहका रगत समेत संकलन गरेर राख्न नसकिएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
भूकम्प प्रभावितका जिल्लाको रुपमा करोडौं बजेट जिल्ला भित्रिए पनि विरामीको सुविधाका लागि कुनैपनि संस्थाको ध्यान गोरखा अस्पतालमा पुग्न सकेको छैन ।
केन्द्र स्थापनको सात वर्ष पूरा हुँदा एकपटक मात्र रक्त संकलनको काम भएको केन्द्रले जनाएको छ । अस्पतालमा रगत अभावमा दिनहुँ विरामीहरु बाहिर रिफर गर्नुपर्ने र घटनाहरु बढ्ने गरेकाले रक्त सञ्चारकेन्द्रलाई व्यवस्थित गरिदिन गोरखावासीहरुले आवाज उठाउँदै आएपनि कहिँकतैबाट सुनुवाई हुन सकेको छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij