बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बाजुराका एघार गाविसमा भारी हिमपात

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • बाजुरा । बुधबार रातिको मौसम बदलिएसँगै चिसो बढेकाले यहाँको एघार गाविसमा हिमपात भएको छ ।

    मौसम परिवर्तन र वर्षात् सुरु भएपछि जिल्लाको उत्तरी भेगमा हिमपात सुरु भएको विकट गाविस बिच्छ्याका धनलाल सुनारले बताए।

    उनका अनुसार हिमपातका कारण उत्तरी भेगका विद्यालयसमेत बन्द भएको र स्थानीय बासिन्दालाई आवतजावत गर्न पनि समस्या भएको छ । मार्तडी–कोल्टी सडकखण्डमा भारी हिमपातसंगै वर्षा भएकाले कोल्टीसम्म चल्ने सवारी साधनसमेत ठप्प भएका छन् ।
    हिमपात र पानी परेकाले स्थानीयवासीलाई दैनिक कामकाजमा समस्या भएको छ । जिल्लाका बिच्छ्या, रुगिन, गोत्री, साप्पाटालगायतका दहकोट मानाकोट आटिचौर गाविसमासमेत प्रभावित भएको त्यहाँका बासिन्दाले बताएका छन् ।

    हिमपातका कारण जिल्लाका बडिमालिका, बूढीनन्दा, कालाजग्रालगायतका पर्यटकीय सम्भावना बोकेका डाँडाहरु सेताम्मे भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij