प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७, २०७३
काठमाडौँ । जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा बिहीबार अपरान्ह भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको नेपाली सेनाले जनाएको छ ।
सो दुर्घटनामा २६ जना गम्भीर घाइते भएको र नौजना सामान्य घाइतेको उपचार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
दुर्घटना हुनासाथ नेपाली सेनाको हेलिकप्टर गएर उपचार कार्य गरेको थियो । सेनाको हेलिकप्टरमार्फत १८ घाइतेलाई उपचारका लागि नेपालगन्ज पु¥याइएको र उनीहरुको नेपालगन्ज नर्सिङ होमलगायत अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।
वस ४ सय मिटर भन्दा अग्लो वढी भीरवाट खसेर पासागाड खोलामा खसेको प्रहरीले जनाएको छ ।
तिव्र गति र ओभरलोडका कारण दुर्घटना भएको अनुमान लगाएको छ ।
सनाखत भएकाहरुको नामावली
राम बहादुर बस्नेत, लह ४
नन्दलाल जोशी, साल्मा ५
मदन पुन, सीमा ९
सन्तोष राना, भेरी मालिका नपा १०
गोपाल सुनार, भेरी मालिका नपा ११
शर्मिला सुनार, भेरी मालिका नपा ११
गणेश बोहरा, भेरी मालिका नपा ४
नविन चन्द, भेरी मालिका नपा ४
सन्तक सुनार, भेरी मालिका नपा ३
झुसा गिरी, भेरी मालिका नपा १३
उदय बुढा, सुइकोट ८, साल्मा
बीरबहादुर बुढा, दसरा १
कृष्ण गिरी, चौरझारी ४
मणिराम जैसी, बसेरा २
बहादुर मोनारी, भेरी मालिका नपा १२
दले त्रुवा, मजकोट ७
हरिबहादुर शाही, दार्खाकोट २
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij